आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

शनिबार पनि शिक्षकहरू आन्दोलनमा

एपी खबर २०८१ चैत्र २३, शनिबार ( ११ महिना अघि) १९७ पाठक संख्या

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरुले काठमाडौँमा प्रदर्शनलाई निरन्तरता दिएका छन्।

 

सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दैं नेपाल शिक्षक महासंघले काठमाडौँको माइतिघर बबरमहल क्षेत्रमा शनिबार पनि प्रदर्शन गरेका हुन्।

 

काठमाडौँ केन्द्रीत आन्दोलन गरेको महासंघले आफ्नो एकसुत्रीय माग पुरा नभएसम्म आन्दोलन नरोकिने जनाएकोे छ। सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरु गरेको हो।

 

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ। वार्ताका लागि सरकारले महासंघलाई पत्र पठाए पनि उनीहरुले वार्तालाई अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस