आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कश्मीर हमलाप्रति दुस्ख व्यक्त गर्दै पाकिस्तानले भन्यो, यो आक्रमणसँग हाम्रो सम्बन्ध छैन

एपी खबर २०८२ बैशाख १०, बुधबार ( १० महिना अघि) १०५ पाठक संख्या

भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आक्रमणसम्बन्धी घटनामा आफ्नो कुनै पनि सम्बन्ध नभएको बताएको छ। यो भारतकै आन्तरिक मामिला भएको पाकिस्तानले दावी गरेको छ।

 

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पहलगाम आक्रमणको बारेमा एक पाकिस्तानी समाचार च्यानलसँग कुरा गरेका थिए।

 

उनले यस आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नभएको बताएका थिए। उनले यसलाई भारतको आन्तरिक मामिला भएको जनाएका छन्।

घटनाको प्रतिक्रिया दिंदै पाकिस्तान सरकारले विज्ञप्ति जारी गरेको छ।
पाकिस्तानले आफ्नो विज्ञप्तिमा भनेको छ, ुभारतीय गैरकानूनी रूपमा कब्जा गरिएको जम्मू कश्मीरको अनन्तनाग जिल्लामा भएको आक्रमणमा पर्यटकहरूको मृत्यु भएकोमा हामी दुःखी छौं। हामी मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।ु

प्रतिक्रिया दिनुहोस