आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

३ मोटरसाइकलसहित भन्सार छलीको समान बरामद

एपी खबर २०८२ बैशाख १३, शनिबार ( १० महिना अघि) ११४ पाठक संख्या

रौतहट–जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले चेकजाँचको क्रममा ३ थान मोटरसाइकल र ४ साइकलसहित लाखौँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।

 

सीमावर्ती भारतीय बजारबाट खरिद गरी भित्र्याइँदै गरेको तीन लाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्स सहित उक्त सवारी साधन जिल्ला प्रहरी तथा मातहतबाट गएको गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसाद ले न्युज कारखाना लाई बताएका छन्।

 

बरामद सामान सहित सवारी साधन आवश्यक कारवाहीको लागि शुक्रवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

 

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालित तस्करी नियन्त्रण अभियानले जिल्लामा अवैध सामानको संस्थागत तस्करी भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस