आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मोदीले भने– भारतको पानी देशभन्दा बाहिर बग्न दिँदैनौँ

एपी खबर २०८२ बैशाख २४, बुधबार ( १० महिना अघि) १२७ पाठक संख्या

भारतले अन्तर्राष्ट्रिय सीमाभन्दा बाहिर आफ्नो देशका नदीको पानी बग्न रोक्ने घोषणा गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अब भारतको पानी भारतकै फाइदाका लागि बग्ने बताएका छन् ।

 

“अब, भारतको पानी भारतको फाइदाका लागि बग्नेछ, यसलाई भारतको हितमा संरक्षण गरिनेछ र भारतको प्रगतिका लागि प्रयोग हुनेछ,” मोदीले भनेका छन् ।

 

मोदीले सिन्धुको पानीलाई कसरी प्रयोग गर्ने भन्ने विस्तृत योजना सार्वजनिक गरेका छैनन् । विज्ञहरूले भारतले यसलाई सञ्चित गर्न थप बाँध, जलाशय र ताल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । तर, यो काम लामो समय लाग्ने बताइएको छ ।

 

मोदीले पाकिस्तानको नाम उल्लेख नगरे पनि यो टिप्पणी भारतले पाकिस्तानसँगको ६५ वर्ष पुरानो पानी साझेदारी सन्धि निलम्बन गरेको दुई हप्तापछि आएको हो ।

 

गत महिना भारतको कश्मीरमा पर्यटकमाथि भएको आतंककारी हमलापछि भारत–पाकिस्तान सम्बन्ध तीव्ररूपमा बिग्रिएको छ । भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ । भारतीय आरोपलाई पाकिस्तानले पूर्णरूपमा खण्डन गरेको छ ।

 

भारतबाट पाकिस्तानतर्फ धेरै नदी बग्छन्, जसले पाकिस्तानका लगभग ८० प्रतिशत कृषि क्षेत्रलाई सिँचाइ सुविधा प्रदान गर्छ ।

 

सन् १९६० को सिन्धु पानी सम्झौताले भारत र पाकिस्तानबीच सिन्धु उपत्यकाका ६ नदीको पानी बाँडफाँट नियमन गर्छ ।

 

कश्मीरमा पर्यटकमाथि भएको हमलापछि भारतले सन्धि निलम्बन गरेको थियो । यस हमलामा २६ नागरिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस