आज:  २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

डेङ्गीको खतरा बढ्दै गएकोले सचेत रहनुहोस्र ।

एपी खबर २०८२ बैशाख २६, शुक्रबार ( १० महिना अघि) १७३ पाठक संख्या

पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको खतरा बढेको छ। जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको अनुरोध छ।

 

‘पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेङ्गी सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ,’ कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले आग्रह गरे।

 

पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी रोग लाग्ने गर्दछ।

 

शाखा प्रमुख डा दाहालले गत वर्ष धेरै डेङ्गी सङ्क्रमण भएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए। उनका अनुसार पुस १७ यता ९६८ जनामा सङ्क्रमण देखिएको छ। सन् २०२४ मा देशका ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस