आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मानव अधिकार एलाईन्सद्धारा असार २९ गते स्थापना दिवस मधेश प्रदेशमा भब्यताका साथ मनाउने निर्णय

एपी खबर २०८२ जेष्ठ ४, आईतबार ( ९ महिना अघि) २८० पाठक संख्या

मानव अधिकार एलाईन्स मधेश प्रदेशको बैठक शनिवार बर्दिवासमा सम्पन्न भएको छ । मानव अधिकार एलाइन्सका मधेश प्रदेश अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा बसेको बैठकमा सहभागी जिल्ला अध्यक्षहरुले जिल्लागत रुपमा संगठनको बारेमा जानकारी गराउनुभएको थियो ।

 

यसैगरी बैठकले मानव अधिकार तथा समाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) को स्थापन दिवस भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ । एलाइन्सले आफ्नो स्थापन दिवसको अवसर पारेर प्रत्येक जिल्लालाई जिल्ला स्तरीय कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको हो ।

 

असाढ २९ गते पर्ने दिवसको अवसरमा धनुषामा रक्तदान कार्यक्रम, महोतरी, सप्तरी, रौतहट र पर्सामा बृक्षारोपण कार्यक्रम, बारामा रक्तदान तथा सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम, सिरहामा विद्यालय स्तरीय सचेतना कार्यक्रम गर्ने निर्णय गरेको छ भने बैठकले सर्लाहीमा मानव अधिकार एलाइन्सको प्रदेश स्तरीय १ दिने प्रक्षिण कार्यक्रम तथा बृहत बृक्षारोपण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

 

यसैगरी मधेश प्रदेशमा रहेका ८ ओटै जिल्लामा संगठन विस्तारको क्रमलाई अगाडी बढाउन पालिका कमिटि गठन गर्ने केन्द्रिय निर्देशनलाई तिब्रता दिने रे सदस्यता नविकरण र सदस्यता बृद्धि गर्ने समेत निर्णय गरेको छ ।

 

यसैगरी मधेश प्रदेशमा मानव अधिकार उलंघन सम्बन्धि भएको घटना संकलन गरी प्रत्येक जिल्लाले त्यसको अभिलेख राख्ने र प्रदेश कमिटिलाई जानकारी गराउने, प्रत्येक वर्ष प्रेदश समितिले वर्षभरीको घटनालाई समेटेर प्रेस नोट प्रकाशीत गर्ने समेत निर्णय गरेको छ ।

 

मानव अधिकार एलाईन्सका केन्द्रिय उपाध्यक्ष नईम अंसारीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश एलाइन्सका ईन्चार्ज रामस्वरुप सदाय, एलाईन्सका केन्द्रिय सदस्य एवम ईन्चार्ज कृष्ण लामा, केन्द्रिय सदस्य गंगा यादब, किरण यादब, सुरेश यादब, यादब सरकारका साथै प्रदेश समितिका पदाधिकारी, सदस्यहरु र जिल्ला अध्यक्षहरुको उपस्थती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस