आज:  २०८२ जेष्ठ ३१, शुक्रबार | Fri, 13, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

ट्राफिक प्रहरी हवलदार रामप्रीत चौधरीको सक्रियतामा हराएको मोटरसाईकल बरामत, मोस खोजेको मा सवारी धनि लामाले दिए धन्यवाद

प्रिती कुमारी, जीतपुर २०८२ जेष्ठ २४, शुक्रबार ( १ हप्ता अघि) ९०६ पाठक संख्या

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का शेखर लामा खुसी भएका छन् । लगभग २ वर्षदेखि बेपाता मोटरसाईकल ट्राफिक प्रहरीले आफ्नो जिम्मा लगाएपछि उनि खुसी भएका हुन् । ट्राफिक प्रहरी हवलदार रामप्रीत चौधरी र प्रहरी सहायक हवलदार रामु खत्रीले संयुक्त रुपमा खोजतलास गर्दा मोटरसाईकल फेला परेको थियो ।

 

जितपुरसिमरा उपमहागरपालिकाको सिमरा डुमरवाना सडकको रजघट्टामा चेकजाँच गर्दा त्यो मोटरसाईकल बरामत भएको ट्राफिक प्रहरी हवलदार चौधरीले जानकारी दिए ।

 

दुई वर्ष पहिले लामाले मोटरसाईकल हराएको भनि ईलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएका थिए । निवेदनको आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा ट्राफिक प्रहरीलाई देखेर चोरी गर्ने ब्यक्ति फरार भएको र माटरसाईकल आफ्नो नियन्त्रणमा आएको ट्राफिक प्रहरी हवलदार चौधरीले जानकारी दिए ।

 

फेला परेको मोटरसाइकल सवारी धनि लामालाई कानुनी प्रक्रिया पूरा गरी औपचारिक रुपमा जिम्मा लगाइएको छ । यो घटनाले अन्य हराएका सवारीसाधन खोजी कार्यमा पनि थप प्रेरणा मिलेको ट्राफिक प्रहरी चौधरीले जनाएका छन् ।

 

हवलदार रामप्रीत चौधरीको सक्रियता, लगनशीलता र कर्तव्यनिष्ठा प्रति स्थानीयवासी तथा मोटरसाइकल धनीले प्रशंसा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस