आज:  २०८२ जेष्ठ ३१, शुक्रबार | Fri, 13, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा पाचौं हरपुर क्रिकेट कपको उपाधि बारालाई

एपी खबर २०८२ जेष्ठ २४, शुक्रबार ( १ हप्ता अघि) १२१ पाठक संख्या

बारा जिल्ला क्रिकेट संघले ‘जीतपुरसिमरा पाचौं हरपुर क्रिकेट कप’ को उपाधि जितेको छ । जीतपुरसिमरा २४ स्थित हरपुर खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा रौतहट क्रिकेट संघलाई ६ विकेटले पराजित गर्दै बाराले उपाधि उचालेको हो ।

 

टस जितेर पहिले ब्याटिङ रोजेको रौतहटले २० ओभरमा सबै विकेट गुमाएर ७६ रन बनाएको थियो । रौतहटका लागि शैलेन्द्र कुशवाहाले १५ र डब्लु मल्लिकले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बाराका लागि अरनिको यादवले तीन र निखिल सिंहले दुई विकेट लिए ।

 

७७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बाराले १५।२ ओभरमा जित हात पारेको थियो । बाराको जितमा ओपनर साहिल पटेलले २४, निरजकुमार यादवले १९, आदिल अंसारीले १२ रन बनाए ।

 

 

बाराका कप्तान अरनिको यादव प्लेयर अफ दि सिरिज र फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए । विजेता टोलीले ६० हजार र उपविजेता टोलीले ४० हजार नगद प्राप्त गरेको छ ।

 

 

समापन कार्यक्रम नेकपा एमालेका मधेस प्रदेश सचिव मनोज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई प्रदेश सचिव पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसाद, मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवाल, एमाले नगर कमिटी उपाध्यक्ष कैमुदिन अंसारी, आयोजक क्लबका अध्यक्ष सेराजुल अंसारी, पूर्ववडाध्यक्ष इलियाश देवानलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

 

हरपुर क्रिकेट क्लबको आयोजनामा जेठ १७ गते सुरु भएको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस