सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण बाराले जितपुरबाट ठुलो परिमाणमा अबैध भन्सार छलीका सामान बरामत गरेको छ । सशस्त्र प्रहरीको टोलीले शनिवार बिहान जितपुर बजारमा चेकजाँच गर्ने क्रममा सो अबैध सामान बरामत गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरिक्षक प्रकाश पौडेलको कमान्डमा खटेको टोलीले सो सामान बरामत गरेको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छलीका ३ ओटा हिरोहोन्डा मोटरसाईकलमा ल्याउदैँ गरेको करिब ६ लाख ८० हजार बराबरको सामान बरामत गरेको जानएको छ ।
बिहान करिब १ः३० बजेको समयमा चेकजाँच गर्दा लेडिज रेडिमेट कपडाका साथै स्टेशनरीका सामान अबैध रुपमा भन्सार छली गरेर ल्याउदै गरेको देखेपछी मोटरसाईकल सहित प्रहरीले सामान नियन्त्रणमा लिएको हो ।
मोटरसाईकल र सामान सहित करिब १० लाख ३० हजार हुन आउने सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका सामान र सवारीलाई थप कारवाही गर्ने प्रकृयामा रहेको सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण बाराका गणपती सशस्त्र प्रहरी उपरिक्षक खुम बहादुर के.शी.ले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस