आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

दुई छोरीसहित एक वर्षदेखि भारतको गुफामा बसेकी रुसी महिला १

एपी खबर २०८२ अषाढ ३२, बुधबार ( ७ महिना अघि) २४४ पाठक संख्या

भारतमा एक रुसी महिला दुई छोरीको साथमा एक वर्षदेखि गुफामा बसिरहेको अवस्थामा फेला परेकी छन्। दक्षिणी कर्नाटकाको सामातीर्थ पहाडमा प्रहरीले गस्ती गरिरहेको समयमा ९ जुलाइको दिन उनीहरुलाई फेला पारेको हो। आठ वर्ष अघि भिषा सकिएकी निना कुटिना नामकी उनी एक वर्ष अघिदेखि त्यहाँ बसिरहेको प्रहरीले जानकारी दिएको हो।

 

झरनामा नुहाउदै, पेन्टिङ गर्दै र कविता लेख्दै जीवन बिताउने गरेको उनीहरुले बताएका छन्।
‘जंगलमा प्रकृतिसँग रमाउदै बाच्नुको महत्त्वपूर्ण अनुभव हामीले गरेका छौं। मैले मेरा छोरी मरुन् भनेर यहाँ ल्याएको होइन। हामी यहाँ जीवित नै रहने छौं,’ उनले भनिन्।

 

प्रहरीका अनुसार सन् २०१७ मा आउनु अघि नै उनले अन्य चार देशको भ्रमण गरेकी थिइन्। बिजिनेस भिषामा भारत आएकी उनको भिषाको म्याद सन् २०१७ मा सकिएको हो। सन् २०१८ को सेप्टम्बरमा उनी नेपाल गएकी थिइन्। नेपालबाट उनी फेरि भारत फर्किएकी हुन्। उनले बच्चाको बारे पनि केही बताउन चाहेकी छैनन्। अहिले उनलाई भारतले अवैध आप्रवासी राखेको छ।

प्रतिक्रिया दिनुहोस