आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

‘मिस युनिभर्स नेपाल’लाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने– यो नेपालको चिनाउने अवसर हो

एपी खबर २०८२ श्रावण १, बिहिबार ( ७ महिना अघि) १७८ पाठक संख्या

केही दिनदेखि ‘मिस युनिभर्स नेपाल २०२५’ को विभिन्न ठाउँमा अडिसन भइरहेको छ। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले यस प्रतियोगितालाई शुभकामना दिएका छन्।

 

केही दिनअघि भद्रपुर विमानस्थलमा प्रतियोगिताका आयोजकलाई भेटेर शुभकामना दिएका हुन्।

 

भेटको क्रममा आयोजक संस्था ‘ग्लोबल ग्ल्यामर भेन्चर’की संगीता पुरी, मिस युनिभर्स २०२४ विजेता सम्पदा घिमिरे लगायतको टिम थियो।

 

भेटमा ‌ओलीले नेपाल र मुलुकको सौन्दर्य चिनाउने कुरामा सौन्दर्य प्रतियोगिता उपयोगी हुने बताए।

 

उनले भने, ‘अन्तर्राष्ट्रियस्तरको मिस युनिभर्स प्रतियोगिताको अडिसन दमकमा आयोजना भइरहेको थाहा पाउँदा खुसी लागिरहेको छ। नेपाललाई चिनाउने, नेपालको ब्युटी चिनाउने, नेपालको ट्यालेन्ट चिनाउने, अवसर हो। यस अवसरलाई हाम्रा चेलीले राम्रोसँग सदुपयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।’

 

मिस युनिभर्स नेपाल २०२५ को अडिसन झापाको दमक र विराटनगरमा सम्पन्न भैसकेको छ। पूर्वका दुई ठाउँमा ४० जनाको अडिसन भएको र अब चितवन, पोखरा, बुटवल लगायतका ठाउँमा अडिसनको तयारी भइरहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस