आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मुख्यमन्त्री आचार्यद्वारा एनटिभी कोहलपुरको निरीक्षण

एपी खबर २०८२ श्रावण ४, शनिबार ( ६ महिना अघि) १५२ पाठक संख्या

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एनटिभी कोहलपुरको निरीक्षण गरेका छन ।

 

बिहीवार बाँकेको कोहलपुर पुग्नु भएका मुख्यमन्त्री आचार्यले सो अवसरमा कार्यालयको कार्यप्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिएका हुन्। मुख्यमन्त्री आचार्यलाई एनटिभी कोहलपुरका प्रमुख निराजन खनालसहितको टोलीले स्वागत गरेको थियो ।

 

निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले सूचना प्रविधिको तीव्र विकाससँगै देखिएका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि तथ्यमा आधारित, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरे ।

 

निरीक्षणमा मुख्यमन्त्री आचार्यसँगै आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवाल, प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्री, प्रदेश सभा सदस्य वसन्ती न्यौपानेलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो ।

 

एनटिभी कोहलपुरका प्रमुख खनालले सञ्चारगृहको वर्तमान अवस्था, उपलब्ध साधन९स्रोत, सामग्री उत्पादन र प्रसारणको अवस्था बारेमा जानकारी गराउँदै प्रदेशस्तरीय सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने दिशामा थप लगानी र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस