आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

उपल्लो मुस्ताङमा हिउँ चितुवापीडितलाई राहत वितरण

एपी खबर २०८२ श्रावण ४, शनिबार ( ६ महिना अघि) १७० पाठक संख्या

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, इलाका संरक्षण कार्यालय लोमान्थाङले उपल्लो मुस्ताङका हिउँ चितुवापीडित पशुपालक किसानलाई राहत वितरण गरेको छ ।

 

 

एक्याप लोमान्थाङले आर्थिक वर्ष २०८१(८२ मा उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट पीडित किसानलाई राहत वितरण गरेको जनाएको छ । उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट क्षति भएका १२५ वटा पशुचौपायाको राहत स्वरुप ११ लाख ३५ हजार भुक्तानी गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । हिउँ चितुवाको आक्रमणबाट क्षति भएको पशुधनको ४३ प्रतिशत मात्रै राहत भुक्तानी र अझै रु २६ लाख ९४ हजार अर्थात् ५७ प्रतिशत राहत रकम वितरण गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस