आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारले बन्द गरे पनि टेलिग्राम प्रयोग गर्दै रूसी दूतावास

एपी खबर २०८२ श्रावण ८, बिहिबार ( ७ महिना अघि) २१६ पाठक संख्या

नेपाल सरकारले सामाजिक सञ्जाल टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने प्रयोग गरिरहेको छ।

 

एक सूचना जारी गर्दै दूतावासले आफूहरूको आधिकारिक टेलिग्राम च्यानल प्रयोग गरिरहेको जानकारी दिएको हो।

 

यद्यपि नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम बन्द गरेको हुँदा त्यसमा केही समस्या भने आउनसक्ने जनाएको हो।

 

 

‘दूतावासको आधिकारिक टेलिग्राम च्यानल सञ्चालन भइरहेको जानकारी गराउन चाहान्छौं,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘यद्यपि नेपाल दूरसञ्चार प्राधिकरणले सञ्जाललाई देशभित्र बन्द गरेको हुँदा केही समस्या उत्पन्न हुनसक्छ।’

दूतावासले यसबाहेक अन्य सञ्जालमार्फत पनि सम्पर्क गर्न सक्ने जनाएको छ।

 

सामाजिक सञ्जाल भिके, फेसबुक, इन्स्टाग्राम लगायतबाट पनि सम्पर्क गर्न सक्ने जनाएको छ।

 

सरकारले गत शुक्रबारदेखि आधिकारिक रूपमा टेलिग्राम बन्द गरेको थियो। प्राधिकरणले सूचना जारी गर्दै अनलाइन ठगी जस्ता आपराधिक गतिविधि टेलिग्राम मार्फत सञ्चालन हुँदै आएको भन्दै बन्द गरेको हो।

प्रतिक्रिया दिनुहोस