आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

३० अंकले बढ्यो नेप्से परिसूचक, कारोबार १८ अर्ब ५२ करोडभन्दा माथि

एपी खबर २०८२ श्रावण १३, मंगलबार ( ७ महिना अघि) १९४ पाठक संख्या

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ३० दशमलव ७६ अंकले बढेर तीन हजार दुई दशमलव ०७ विन्दुमा कायम भएको छ । मंगलबार नेप्से एक दशमलव ०३ प्रतिशतले बढेको हो ।

 

 

मंगलबार ३२१ कम्पनीको चार करोड १८ लाख आठ हजार ९६६ कित्ता शेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री हुँदा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा विकास बैंक, वित्त र व्यापार समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

 

 

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र नेडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आठ दशमलव ६० प्रतिशत छ ।

 

 

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेड ६४ करोड ४१ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको १८ लाख ५८ हजार २२३ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस