आज:  २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा वडा १४ ले दियो निशुल्क ईलेक्ट्रीक पम्प, किसानको अनुहारमा खुसीयाली, वडा अध्यक्ष चयन गुरुङ्गको गरे मुक्तकण्ठले प्रशसां

एपी खबर २०८२ श्रावण १५, बिहिबार ( ७ महिना अघि) ४६६ पाठक संख्या

कृषिमा आश्रित किसानहरु लाई प्रोत्साहन गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ ले दिएको एक उपहारले स्थानीय किसानको अनुहारमा खुसी छाएको छ । वडाले आ.व.२०८१÷०८२ को बजेटबाट खेतीपाती गर्ने किसानलाई औषधी छर्ने इलेक्ट्रिक पम्प निशुल्क वितरण गरेपछि किसानको अनुहारमा खुसी आएको हो । कुल १ सय ७५ जना कृषकलाई अनुदान मार्फत पम्प वितरण गरिएको हो ।

 

पम्प वितरण कार्यक्रममा सहभागी हुन आएका केही किसानहरु सुरुमा शुल्क तिर्नुपर्ने हो कि भनेर अन्योलमा थिए । तर जब उनीहरूलाई निशुल्क पम्प उपलब्ध गराईयो, उनीहरूको अनुहारमा उत्साह र आश्चर्य दुबै देखिएको थियो । पम्प काँधमा बोकेर घर फर्कंदै गरेका किसानहरुले यस्तो सहयोगले आफ्नो कृषि कार्य सहज र आधुनिक बन्ने विश्वास व्यक्त गरे । साथै किासनहरुले वडा अध्यक्षचयन गुरुङको मुक्ताकण्ठले प्रशासां गरेकाछन् ।

 

वडाध्यक्ष गुरुङले वडा कार्यालयले हरेक वर्ष किसानलाई लक्षित कार्यक्रम गर्दै आएको जानकारी दिइन् । उनले भनिन्, “गत वर्ष हामीले पशुपालक कृषकलाई कृषि सामग्री अनुदानमा वितरण गरेका थियौं, यसपटक खेतीपाती गर्ने कृषकका लागि इलेक्ट्रिक पम्प उपलब्ध गराएका हौं। उनले यस वर्ष वडा कार्यालयले दुध उत्पादनको आधारमा पशुपालक किसानलाई नगद अनुदान दिने योजना समेत बनाएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस