आज:  २०८२ मंसिर ३०, सोमबार | Mon, 15, Dec, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

नारायणी स्टीलमा करेन्ट लागेर एक मजदुरको मृत्यु

एपी खबर २०८२ भाद्र ४, बुधबार ( ३ महिना अघि) ३६९ पाठक संख्या

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ३२ मा रहेको नारायणी स्टील उद्योगमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

उद्योगको वेल्डिङ सेक्सनमा रात्रिकालीन सिफ्टमा कार्यरत बाराको जितपुरसिमरा वडा नं.१४ घर भएका २२ वर्षीय उपेन्द्र चौधरीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। चौधरीलाई करेन्ट लागेको दुई घण्टापछि नारायणी अस्पताल पुर्‍याइएको र अस्पतालले राति ३ बजे मृत घोषणा गरेको पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताउनुभयो।

मृतकका आफन्तहरूले उद्योगमा मजदुरहरूलाई सुरक्षित रूपमा काम गर्ने वातावरण नभएकोले घटना भएको बताएका छन्। मृतकको परिवारलाई उचित क्षतिपूर्ति र घटनाको छानबिन गर्नुपर्ने माग मजदुर संगठनहरूको छ।

प्रतिक्रिया दिनुहोस