सामुदायीक बचत तथा ऋण सहकारी संस्था लि।को १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस सहकारीले आफ्नो संस्थाको सभाहलमा शनिवार संस्थाको १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विपन्न समुदायको जिवन स्तर उकास्न यस सहकारीले खेलेको भुमीकाको प्रसशां गर्नुभयो ।
उहाँले पछिलो समय सहकारीमा देखिएका समस्यलाई सरल रसहज ढंगबाट सहजीकरण गर्दै बचत तथा ऋण प्रवाहको नितीलाई ब्यवस्थित गर्न निर्देशीत गर्नुभयो । साथै जितपुरसिमरा उपमहानगरपालिकाले नगर भित्र रहेका सहकारीहरुको नियमलाई समेत कडा रुपमा अगाडी बढाएको जानकारी दिदै सदस्यहरुलाई ढुक्क रहनपनि आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सावीत्रि देवि पिप्लेले सहकारीले वर्षदिनसम्म गरेको कारोबारका साथै भएको नाफा र सदस्यहरुलाई दिने बोनसको बारेमा जानकारी दिनुभएको थियो ।

पिप्लेको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता, जितपुरसिमरा नगरउद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, हातेमालो बचत तथा ऋण सहकारीका उपाध्यक्ष संजय साह, समाजसेवि राजुराज गिरी, शिवजी साह लगाएतको उपस्थिती रहेको थियो ।
श्रवण कुमार गुप्ताको सहकारीकरणमा सम्पन्न कार्यक्रममा संस्थाका ब्यवस्थापक शम्भु रामले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सहकारीले आफ्नो सदस्यहरुलाई विभिन्न शिर्षकमा रहेर सम्मान गरेको थियो ।











प्रतिक्रिया दिनुहोस