इलाका प्रहरी कार्यालय अमलेखगंज बाराले लगभग २ सय ३७ किलो लागु औषध गाँजा मरामत गरेको छ । सोमवार कार्यालय अगाडीको चेक प्वाईन्टमा गरीएको चेकजाँचको क्रममा प्रहरीले यति ठुलो संख्यामा लागु औषध गाँजा बरामत गरेको हो ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को अमलेखगंजमा ईलाका प्रहरी कार्यालय अगाडी नियमित चेकजाँचको क्रममा प्रहरीले मकवानपुर बाट विरगंज तर्फ आउदै गरेको मिनि ट्रकको सिलिङ्गमा फल्स बटम बनाई ट्रिपालले ढाकि लुकाई छिपाई राखेको आवस्थामा गाँजा मरामत गरेको हो ।
गाँजा राखेको सवारी बा २ ख ९५६९ नंम्बरको मिनि ट्रक र ट्रकका चालक मकवानपुर कैलाश गाउपालिका १० बस्ने अन्दाजी बर्ष ३८ को रमेश रुम्बालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
गाँजा ओसारपसारको क्रममा पक्राउ परेको चालक र मिनि ट्रकलाई ईलाका प्रहरी कार्यालय सिमरा राखिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस