आज:  २०८२ मंसिर २५, बुधबार | Wed, 10, Dec, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

“मन्त्री घिसिङको चेतावनी : विपी राजमार्गमा सुरक्षित यात्रा गर्नुस्”

एपी खबर २०८२ आश्विन १६, बिहिबार ( २ महिना अघि) १०९ पाठक संख्या

भारी वर्षाको चुनौती

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आगामी तीन दिनसम्म देशभरि अत्याधिक वर्षा हुने सम्भावना रहेको भन्दै यात्रामा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

 

 

विपी राजमार्गको निरीक्षणका क्रममा मन्त्री घिसिङले गत वर्षको बाढी–पहिरोले सडक र पुलहरूमा ठूलो क्षति पुर्याएको स्मरण गर्दै, अबको हिउँददेखि छिटो गतिमा मर्मत–पुनर्निर्माणको काम अघि बढाइने बताए।

 

 

उनका अनुसार बाढीले बगाएका पक्की पुल र भत्किएका बेलिब्रिजको विकल्प अध्ययन भइरहेको छ भने जाम र दुर्घटनाबाट बच्न तत्कालीन व्यवस्थापनमा जोड दिइनेछ।

 

 

मन्त्री घिसिङले भने, “विपी राजमार्ग र मुग्लिङ–नारायणगढ सडक क्षेत्रमा भारी वर्षा हुने अनुमान भएकाले यात्रुहरूले शतर्क रहनु आवश्यक छ।”

 

 

सरकारले विकास र निर्माणसँगै जनताको सुरक्षा सुनिश्चित गर्ने दायित्व पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस