आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अस्पतालको ट्रमा सेन्टरमा आगलागी हुँदा छजना बिरामीको मृत्यु

एपी खबर २०८२ आश्विन २०, सोमबार ( ५ महिना अघि) ६९ पाठक संख्या

राजस्थानको राजधानी जयपुरस्थित सवाई मान सिंह अस्पतालको ट्रमा सेन्टरमा आगलागी हुँदा छजना बिरामीको मृत्यु भएको छ। प्रहरीका अनुसार अस्पतालको आइसीयू वार्डमा आगलागी हुँदा ६ जना बिरामीको मृत्यु भएको हो।

 

आईसीयूमा २४ जना बिरामी भर्ना भएका छन्। बाँकीलाई अन्य वार्डमा सारिएको छ। उनीहरूको उपचार भइरहेको छ। प्रहरीका अनुसार मृतकहरूको शव शवगृहमा सारिएको छ। सबै औपचारिकता पूरा भएपछि, उनीहरूको पोस्टमार्टम गरिनेछ।

 

आगलागीको कारणबारे खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ। विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। आइतबार राति ट्रमा सेन्टरमा आगलागी भएपछि ठूलो संख्यामा बिरामीहरू अस्पतालबाट बाहिर निस्किएका थिए।

प्रतिक्रिया दिनुहोस