भारतको नयाँ दिल्लीस्थित आस्था कुन्ज पार्कमा सोमबार मध्यराति प्रहरी मुठभेडमा परेर एक नेपाली नागरिक मारिएका छन् ।
दिल्लीको जाङ्पुरास्थित डा. योगेशचन्द्र पौनको हत्यामा संलग्न भएको आरोप लागेका कैलालीका ३९ वर्षीय भीम महाबहादुर जोरा प्रहरीसँगको मुठभेडमा मारिएको दिल्ली प्रहरीका एक अधिकृतले कान्तिपुरलाई बताए ।
‘उनी २०२४ को मे महिनादेखि नै मोस्ट वान्टेड थिए र उनको सूचना दिनेलाई १ लाख रुपैयाँ इनाम तोकिएको थियो,’ ती अधिकृतले भने, ‘सोमबार उनको मुभमेन्टको सूचना पाएपछि खोजीमा गुडगााव र दिल्ली प्रहरीको क्राइम ब्रान्चको संयुक्त टोली खटिएको थियो ।’
प्रहरीका अनुसार, गएराति १२ बजेतिर प्रहरी टोली उनी भए ठाउँमा पुगेको थियो । तर, उनले प्रहरीलाई उल्टै ६ राउन्ड गोली हानेको प्रहरीको दाबी छ । जवाफी कारबाहीमा इन्स्पेक्टर राजेन्दर सिंह र नरेन्द्र शर्माले ५ राउन्ड गोली हानेको प्रहरीको भनाइ छ । त्यसक्रममा गम्भीर घाइते उनलाई एआईआईएमएस अस्पतालको ट्रमा सेन्टरमा पु¥याइएको प्रहरीको भनाइ छ । तर, चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।
जोराको साथबाट एउटा अटोमेटिक पेस्तोल, एउटा गोली, गोलीका खोकाहरु र लुटपाटमा प्रयोग हुने सामग्रीहरु बरामद भएको बताइएको छ । उनी भारतका विभिन्न सहरमा भएको ६ वटा अपराधका घटनामा जोडिएको समेत प्रहरीको भनाइ छ ।











प्रतिक्रिया दिनुहोस