रामजी यादव
पोखरिया नगरपालिका वडानं.५सतवरियामा निःशुल्क आँखा चेकजाँच गरि आँखा शिबिर कार्यक्रम सम्पन्न गरेको छ। लायन्स क्लब अफ बीरगंज परिवारको आयोजना र तिलगंगा ईनस्च्युट काठमाडौको “मिशन ५००० कनट्रेक्ट अप्रेसन” अभियान अन्तर्गत सामुदायिक आँखा केन्द्र बीरगंजको प्रबिधिक सहयोग तथा समाजसेबी नजामुदिन समानी र समाजसेबी महिला नेतृ आशा चौहानको बिशेष पहलमा सो नि:शुल्क आँखा चेकजाँच गरि आँखा शिबिर भब्यरुपमा सम्पन्न भएको हो।
लायन्स क्लब अफ बीरगंज परिवारको आर्थिक सहयोग तथा स्थानीय समाजसेबी नजामुदिन समानी र समाजसेबी महिला नेतृ आशा चौहानको मुख्य अगुवाईमा पोखरिया नगरपालिका वडा नं ५सतवरियामा नि:शुल्क आँखा शिबिर कार्यक्रममा २९० जनाको आँखा परिक्षणमा ५७ जनामा मोतियाबिन्दको रोगी फेला परेकोलाई नि:शुल्क शल्यक्रिया गरिने सामुदायिक आँखा केन्द्र बीरगंजका अफ्टोमेटिक्स डा.प्रभात चौरसियाले जानकारी दिनु भयो। नि:शुल्क आँखा परिक्षणमा आँखामा साधारण समस्या भएकोलाई नि:शुल्क drop/ointment बितरण गरिएको छ।
लायन्स क्लब अफ बीरगंज परिवारको आयोजनामा भएको नि:शुल्क आँखा शिबिर कार्यक्रममा सामुदायिक आँखा केन्द्र बीरगंजमा कार्यरत सितारा सहनी,र ओमप्रकाश चौधरीले प्राबिधिक सहयोग गरेका थिए।पोखरिया नगरपालिका वडा नं ५ सत्वरियामा नि:शुल्क आँखा शिबिर कार्यक्रममा तिलगंगा ईनस्च्युट काठ्माण्डौ*मिशन ५००० कन्ट्रोक्ट अप्रेसन “अभियान अन्तर्गत पर्सा जिल्लाको बिभिन्न पालिकासम्म मोतियाबिन्द रोगीको नि:शुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ।
तिलगंगा इन्स्टिच्युट अफ काठ्माण्डौको “मिशन ५००० कन्ट्रक्ट अप्रेसन”अभियान अन्तर्गत पोखरिया नगरपालिका वडा नं १ देखि वडानं.१०सम्म नि:शुल्क आँखा शिबिर कार्यक्रम संचालन गरिने लायन्स क्लब अफ बीरगंज परिवारका अध्यक्ष नरोत्तम पाडेंले जानकारी दिनुभयो। पोखरिया नगरपालिका वडा नं.५का वडाध्यक्ष महेन्द्र महतो चौहानको अध्यक्षतामा सत्वरियामा भएको नि:शुल्क आँखाको चेकजाँच तथा शिबिर कार्यक्रममा स्थानीय समाजसेबी नजामुदिन समानी,समाजसेबी महिला नेतृ आशा चौहान,बुद्धिजीवी मनोज साह, नन्दकिशोर चौहान,राजु चौहान,राजु साह,वडानं.५का प्रत्याशी वडाध्यक्ष नन्दकिशोर यादव उर्फ(टाइसन यादव)लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो।











प्रतिक्रिया दिनुहोस