आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको नगौलमा सम्पन्न आखाँ शिविरमा २ सय ६५ जनाको चेकजाँच

प्रिती कुमारी, जीतपुर २०८२ माघ ४, शनिबार ( २ हप्ता अघि) ३३७ पाठक संख्या

बाराको जितपुरसिमरा उपमहानगरपालिका ६ नगौलमा सम्पन्न आखाँ शिवीरमा २ सय ६५ जनाले आखाँ चेकजाँच गराएका छन् । शनिवार सम्पन्न शिविरमा १ सय ६० जना पुरुष र १ सय ५ जना महिलाले आखाँ चेकजाँच गराएका हुन् ।

 

सहयात्री युवा क्लबको आयोजनामा सम्पन्न शिविरमा रामकुमार महाविर प्रसाद केडिया आखाँ अस्पतालको सहयोग रहेको थियो । शिविरमा डा. शिवशंकर प्रसाद साह, डा. राजदेव साह, डा. कौशल कुमार कर्ण लगाएत सुदर्शन प्रसाद काफ्ले र राजेश प्रसाद यादबले प्राविधिक सहयोग गरेका हुन् ।

 

शिविरमा चेकको क्रममा ८५ जनामा मोतियाबिन्दु, ८ जना मासु बढेको र ५५ जनामा दृष्टि दोष देखिएको सुदर्शन प्रसाद काफ्लेले जानकारी दिए । चेकजाँचको क्रममा देखिएको मोतियाबिन्दु र मासु बढेको बिरामीहरुलाई केडिया आखाँ अस्पतालले निशुल्क उपचार गर्ने जनाएको छ ।

 

सहयात्री युवा क्लबका अध्यक्ष राजाराम श्रेष्ठको अध्यक्षतामा आयोजित शिविरको उद्घाटन प्रदेश सभाका सदस्य देवनारायण चौधरीले गरेका थिए । कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल, जितपुर सिमरा उपमहानगर पालिका वडा नम्बर ६ का अध्यक्ष कैमुद्दिन अन्सारी, आँखा अस्पतालका चिकित्सक डाक्टर शिवशंकर शाह ,कौशल कुमार कर्ण, राजदेव साह, नेकपा एमाले वडा नम्बर ६ का अध्यक्ष फजेल हक अन्सारी, कमरुहोदा अन्सारी, आजिर हुसेन, कांग्रेसका फैजल अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस