आज:  २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सा–२ का उम्मेदवार मनोज चौधरी पक्राउ

एपी खबर २०८२ फागुन २०, बुधबार ( २ घण्टा अघि) ३१ पाठक संख्या

नेपाल कम्युनिस्ट पार्टी पर्सा निर्वाचन क्षेत्र नं.–२ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन्।

 

पर्सा जिल्ला क्षेत्र नं.–२ अन्तर्गत बडनिहारमा प्रहरीले नियमित चेकिङ्गका क्रममा चौधरीसहित ४ जनालाई पक्राउ गरेको हो ।
चौधरी चढेको गाडीमा केही सन्दिग्ध सामग्री रहेको आशंकामा प्रहरीले गाडी सहित नियन्त्रणमा लिएको हो।

 

उम्मेदवार चौधरी सवार रहेको गाडीमा बम रहेको आशंकापछि गाडी रोकी जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकध छ ।

 

घटनापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस