आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पार्टिको निति अनुसार चल्ने भन्दै गुजरातका मुख्यमन्त्री रूपाणीद्धारा पदबाट राजीनामा

एपी खबर २०७८ भाद्र २६, शनिबार ( ४ साल अघि) ३३४ पाठक संख्या

काठमाडौं । भारतको गुजरातका मुख्यमन्त्री विजय रूपाणीले पदबाट राजीनामा दिनुभएको छ । शनिबार दिउँसो अचानक राजीनामा दिनुभएका उहाको राजीनामाको कारण खुलेको छैन ।

 

यद्यपि, भारतीय जनता पार्टी (भाजपा)का नेता समेत उहाले सबै नेता–कार्यकर्तालाई समान अवसर दिने पार्टिको नीतिअनुसार आफूले राजीनामा दिएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रुपाणीले सन् २०१६ अगस्ट ७ मा मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । राजीनामा दिएपछि उहाले आफूले गुजरातको विकासमा योगदान गर्न पाएको बताउनुभयो ।

 

साथै, उहाले मुख्यमन्त्रीको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद पनि दिनुभयो । उहाले विधानसभाको चुनाव आउन १५ महिनाअघि राजीनामा दिनुभएको हो ।

 

उहाले पहिलोपटक सन् २०१६ अगस्ट ७ मा मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । पछि २०१७ मा भएको विधानसभा चुनावमा भाजपाले बहुमत ल्याएपछि उहाकै नेतृत्वमा सरकार बनेको थियो । त्यति बेला भाजपाले १८२ मध्ये ९९ सिट जितेको थियो । उहाले २०१७ को डिसेम्बर २६ मा दोस्रोपटक मुख्यमन्त्रीको शपथ लिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस