आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा छोरीको मृत्यु

एपी खबर २०७८ आश्विन १४, बिहिबार ( ४ साल अघि) ४७१ पाठक संख्या

स्कटल्यान्डको उत्तरी लनार्कसायर शहरमा भएको एक घटनामा आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा छोरीको मृत्यु भएको छ ।

 

बच्चालाई छाडेर आमाबुवा मोबाइल खेलाउन थाल्दा ओछ्यानबाट खसेर छोरीको मृत्यु भयो । बिहान ढिलासम्म सुतेर ब्युँझेपछि हेर्दा छोरीको शव भूँइमा फेला परेको थियो । छोरी किरा कनरय १९ महिनाकी थिइन् ।

 

घटना सार्वजनिक भएपछि आमाबुवाविरुद्ध अदालतमा मुद्दा चलेको थियो मुद्दामा फैसला सुनाउँदै अदालतले २७ वर्षीय बुवा माइकल कनरयलाई दोषी ठहर गरेको छ । आमा २४ वर्षीय किस्ती बयलले आफू दोषी नभएको अनुरोध गरेपछि उनलाई रिहा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस