आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

ब्राजिलमा एकै दिन ३३ हजारमा कोरोना संक्रमण, मृतक संख्या ७७ हजार नाघ्यो

AuthorAP Khabar २०७७ श्रावण ३, शनिबार ( ५ साल अघि) ४९२ पाठक संख्या

श्रावण ०३ एजेन्सी : ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ३३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

योसँगै शनिबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या २० लाख ४८ हजार ६९७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १९० जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७७ हजार ९३२ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १३ लाख ६६ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३ हजार ९९० जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस