आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा फेरि थपिए एकैदिन ३६ हजारभन्दा बढी कोरोना संक्रमित

AuthorAP Khabar २०७७ श्रावण ६, मंगलबार ( ५ साल अघि) ४५५ पाठक संख्या

श्रावण ०६ एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बढ्दै गएको छ ।

पछिल्ला तीनमा मात्रै भारतमा १ लाख १४ हजार ४६० जना संक्रमित भएका छन् । यसमध्ये ३६ हजार ८१० जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको थियो ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा मंगलबार यो समाचार तयार पार्दासम्म ११ लाख ५४ हजार ९१७ जना संक्रमित भएका छन् ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ७ लाख २४ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍२ हजार ११६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ५९६ जनाको मृत्यु भएपछि मंगलबार बिहानसम्म ज्यान गुमाउनेको २८ हजार ९९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस