आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

लेबनानको मन्त्रिपरिषद्‌का सबै सदस्यले राजीनामा दिए

AuthorAP Khabar २०७७ श्रावण २७, मंगलबार ( ५ साल अघि) ५८९ पाठक संख्या

एजेन्सी : लेबननका प्रधानमन्त्री हसन डिएबसहितका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् ।

राजधानी बेइरुतमा शक्तिशाली बिस्फोट भएको एक सातापछि प्रधानमन्त्री डिएबसहित सबै मन्त्रीहरूले सामुहिक राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री हसन डिएबले सोमबार बेलुका टेलिभिजनमार्फत सम्बोधन गर्दै सामुहिक राजीनामा दिएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

नेताहरुको बेवास्ता र भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको तथा सोही कारण बिस्फोट भएको आरोप लगाउँदै जनस्तरमा आक्रोश चुलिएपछि लेबनन संकटमा फस्दै गएको छ ।

कम्तीमा २२० जनाको ज्यान जाने गरी गत मंगलबार बेइरूतमा भएको बिस्फोटमा ६ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस