आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

चीनमै देखियाे अर्काे नयाँ संक्रमण, सयौं मानिस बिरामी

एपी खबर २०७७ आश्विन ६, मंगलबार ( ५ साल अघि) ४३२ पाठक संख्या

एजेन्सी; चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट यतिबेला विश्व आतंकित छ। यहीबीच चीनमै फेरि अर्काे नयाँ संक्रमण देखापरेको छ।

चीनको उत्तर पश्चिमी इलाकास्थित गान्सु प्रान्तको लानजोउ सहरमा एक नयाँ संक्रमणबाट सयौं मानिस बिरामी परेको चीनको सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ।

उक्त अखबारका अनुसार यो संक्रमण ब्रुसेलोसिस ब्याक्टेरियाबाट भएको हो। गान्सु प्रान्तको सेन्टर फर डिजिज कन्ट्रोल विभागले यो ब्याक्टेरियाबाट ३ हजार २ सय ४५ जना संक्रमित भइसकेकाे जानकारी दिएको छ।

Century masala 3
गत सोमबार २१ हजारभन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्दा सुरुमा ४ हजार ६ सय ४६ व्यक्तिको रिपोर्ट पोजिटिभ आएको थियो। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। यो फैलिने डरले प्रशासन र सर्वसाधारण चिन्तामा परेका छन्।

ग्लोबल टाइम्सका अनुसार ११ सरकारी संस्थालाई यसकाे निःशुल्क परीक्षण र उपचारका लागि भनिएकाे छ।

Bidh Lab
के हो ब्रुसेलोसिस र कसरी फैलन्छ?
ब्रुसेलोसिस ब्याक्टेरियाले विशेषगरी गाई, भेडा, बाख्रा, सुँगुर र कुकुरलाई संक्रमण गर्छ। अनि संक्रमित जनावरको सम्पर्कमा पुगेपछि मानिसमा पनि सर्ने सम्भावना हुन्छ।

vedaaa
यस्तै संक्रमित पशुको मासु, दूध खाँदा पनि यो ब्याक्टेरिया सर्छ भने हावाबाट समेत मानिसको श्वासप्रश्वासमा प्रवेश गरी फैलिन सक्ने अनुसन्धानकर्ताले बताएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार धेरैजसो यो रोग जनावरको दूध वा पनिरको सेवनले मानिसमा सरिररहेको छ।
तर मानिस–मानिसबीच संक्रमण फैलिने सम्भावना निकै कम छ।

यो रोग संसारका अन्य देशमा पनि देखिएको जानकारी आइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यसको उपचार भने सम्भव छ। औषधिको सिलसिला एक–डेढ महिनासम्म चल्न सक्छ।

goat
यसका लक्षण कस्ता छन्?
ज्वरो आउनु, पसिना निस्कनु, थकाई लाग्नु, भोक नलाग्नु, टाउनको दुख्नु, तौल घट्नु र मांसपेशीमा दुखा हुनु यो रोगका मुख्य लक्षण हुन्।

रोगको लक्षण देखिन एक हप्तादेखि २ महिनासम्म लाग्न सक्छ। तर धेरैजसो २ देखि ४ हप्ताबीच यसका लक्षण देखिन्छन्।
कुनै लक्षण लामो समयसम्म रहिरहन सक्छ भने कसैमा यो थोरै समयका लागि देखिन्छ। जस्तो ः पटक–पटक ज्वरो आउनु, जोर्नी दुख्नु, अण्डकोष सुन्निनु, मुटु वा कलेजो सुन्निनु, थकान, डिप्रेसन आदि।

यो कसरी सुरु भयो?
गत वर्ष जुलाई–अगस्टमा खाेप बनाउने एक कारखानामा भएको चुहावटपछि यो ब्याक्टेरिया फैलिएको हाे।

यो ब्याक्टेरियाबाट हुने संक्रमणको उपचारका लागि बन्ने ब्रुसिला खोपको उत्पादनमा एक्सपायर भइसकेका किटाणुनाशकको प्रयोग गरिएको थियो, जसका कारण ब्याक्टेरियाबाट संक्रमित एरोसोल्स हावामा फैलिएको थियो।

त्यसपछि यो हावामार्फत मानिसमा संक्रमण फैलियो।

लानजोउ हेल्थ कमिसनलाई उद्धृत गर्दै न्युज एजेन्सी एनएनआईले यो रोग फैलिएको एक महिनापछि प्रान्तीय र म्युनिसिपल अधिकारीले चुहावटबारे अनुसन्धान सुरु गरे र जनवरीसम्म यो कारखानाको खोप उत्पादनको लाइसेन्स रद्द गरियो।

एएनआईका अनुसार कारखानाले फेब्रुअरीमा सार्वजनिक रूपमा माफी माग्यो र यो घटनामा जिम्मेवार ८ व्यक्तिलाई कडा सजाय दिएको जानकारी दियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस