आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कश्मीरका विषयमा टर्कीका राष्ट्रपतिको टिप्पणीप्रति भारतको आपत्ति

एपी खबर २०७७ आश्विन ७, बुधबार ( ५ साल अघि) ३४८ पाठक संख्या

एजेन्सीटर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले कश्मीरका विषयमा गरेको टिप्पणीप्रति भारतले आपत्ति जनाएको छ। राष्ट्रसंघीय सभालाई सम्बोधन गर्दै इर्दोगानले गरेको टिप्पणीप्रति राष्ट्रसंघका लागि भारतीय राजदूत टीएस त्रिमूर्तिले आपत्ति जनाएका हुन्।

इर्दोगानले कश्मीर संघर्ष दक्षिण एशियामा शान्ति र स्थिरताका लागि महत्वपूर्ण रहेको र यो अझै ज्वलन्त मुद्दा भएको उल्लेख गर्दै जम्मू–कश्मीरको विशेष दर्जा समाप्त गरिएपछि स्थिति अझै जटिल भएको बताएका थिए।

उनले आफूहरु कश्मीर विवादको समाधान राष्ट्रसंघको प्रस्ताव र कश्मीरका नागरिकको चाहनाअनुसार गर्नुपर्ने पक्षमा रहेको बताएका थिए।

त्रिमूर्तिले भारतको केन्द्रशासित प्रदेशका विषयमा टर्कीका राष्ट्रपतिको टिप्पणी भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको बताए। उनले यो भारतका लागि अस्वीकार्य भएको उल्लेख गर्दै टर्कीले अर्को मुलुकको सम्प्रभुताको सम्मान गर्न सिक्नुपर्ने बताए।

भारतले २०१९ को ५ अगष्टमा जम्मु–कश्मीरलाई दिइएको विशेष अधिकार खोस्दै राज्यलाई दुई केन्द्रशासित प्रदेशमा विभाजन गरेको थियो।

गत वर्ष पाकिस्तान भ्रमणमा आएका इर्दोगानले पनि पाकिस्तानी संसदलाई सम्बोधन गर्दै पाकिस्तानीलाई जत्तिकै टर्कीका नागरिकलाई पनि कश्मीरको विषय महत्वपूर्ण रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस