आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

डोनाल्ड ट्रम्प भन्छन् : मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

एपी खबर २०७७ आश्विन ८, बिहिबार ( ५ साल अघि) ४४५ पाठक संख्या

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्।

किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वाेच्च अदालतमा जाने उनको भनाइ छ।

तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

ट्रम्पलाई एक पत्रकारले प्रश्न गरेका थिए– ‘चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोई बाइडेनसँग चुनाव हार्नुभयो वा बराबर भयो भने शान्तिपूर्ण किसिमले सत्ता हस्तान्तरण गर्नुहुन्छ?’

जवाफमा ट्रम्पले भने, ‘म मतपत्रप्रति असहमति जाहेर गर्छु, त्यही नै समस्या हो।’

जब पत्रकारले जनताले आवाज उठाए भनेचाहिँ के गर्नुहुन्छ नि भनेर चापेर प्रश्न गरे, तब उनले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण नहुने जवाफ दिएका हुन्।

सन् २०१६ मा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनसँग चुनाव लड्दा पनि पनि ट्रम्पले नतिजालाई स्वीकार नगर्ने बताएका थिए। क्लिन्टनले यसलाई लोकतन्त्रमा हमला भनेका थिए। भलै त्यतिबेला रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले नै चुनाव जिते। बीबीसी

प्रतिक्रिया दिनुहोस