आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

लन्डनमा गोली चल्दा प्रहरी कार्यालयमै मारिए एक प्रहरी

एपी खबर २०७७ आश्विन ९, शुक्रबार ( ५ साल अघि) ४२६ पाठक संख्या

बेलायतको लन्डनमा शुक्रबार प्रहरी कार्यालयमै एक प्रहरी मारिएका छन्।

क्रोएडोन प्रहरी कार्यालयमा हिरासतमा लिइएका एक व्यक्तिले गोली चलाउँदा ती प्रहरीको मृत्यु भएको बताइएको छ।

गोली लाग्दा प्रहरी गम्भीर घाइते भएका थिए। उनलाई त्यहीँनेर सामान्य उपचार गरेर अस्पताल लगिएको थियो।

यद्यपी उनको ज्यान जोगिन नसकेको जनाइएको छ।

यसैबीच हिरासतमा लिइएका एक २३ वर्षका व्यक्तिपनि यस घटनामा गोली लागेर घाइते भएका छन्।

उनको अवस्था गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस