आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

एपी खबर २०७७ आश्विन १०, शनिबार ( ५ साल अघि) ३६८ पाठक संख्या

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । चालक दलका चार जना सदस्यसहित २७ जना सवार रहेको विमान राजधानीबाट ४ सय किलोमिटर उत्तर पूर्वमा रहेको स्थानमा दुर्घटना भएको बताइएको छ । दुर्घटनमा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो ।

दुर्घटनाअघि चालकले विमानमा केही खराबी आएको संकेत गरेको इन्टर फेक्स युक्रेन समाचार एजेन्सीले जनाएको छ ।

दुर्घटनामा तीन जना हराइरहेको समाचारमाा उल्लेख गरिएको छ । बेपत्ताको खोजी भइरहेको छ । विमान दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस