आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अस्ट्रेलियामा समुन्द्र बाहिर पुगेका १०८ ह्वेल बचाउन सफल भए उद्धारकर्मी, तर ३५० ह्वेल मरे

एपी खबर २०७७ आश्विन ११, आईतबार ( ५ साल अघि) ३१४ पाठक संख्या

समुन्द्र बाहिर पुगेका १०८ पाइलट ह्वेललाई अस्ट्रेलियाका उद्धारकर्मीले बचाउन सफल भएका छन्।

अस्ट्रेलियाको तास्मेनियामा गतहप्ता सामूहिक रुपमा पाइलट ह्वेलहरु बसाई सराई गर्ने क्रममा समुन्द्र बाहिर पुगेका थिए।

उद्धारकर्मीले १०८ लाई उद्धार गरेर समुन्द्रमै फर्काउन सफल भए तर अन्य ३५० ह्वेल भने उद्धार गर्न नपाउँदै मरेको बीबीसीले जनाएको छ।

यसरी विश्वभर ह्वेलहरु समुद्र बाहिर जाँदा मरेको समाचारहरु आइरहन्छन्। तर ह्वेलहरु किन समुन्द्र बाहिर जान्छन् भनेर स्पष्ट कारण थाहा हुन नसकेको वैज्ञानिकहरू बताउँछन्।

अस्ट्रेलिया र न्यूजील्यान्ड वरपर विभिन्न प्रजातिका ह्वेलहरू मौसमका कारण बसाइँ सर्छन्। त्यसो गर्दा एउटा बथानमा १,००० वटासम्म ह्वेल हुन्छन्।

अनुसन्धानकर्ताहरूका अनुसार उनीहरू एउटा नेतालाई पछ्याउँछन् जसले गर्दा पूरा समूह नै समुन्द्र बाहिर पुग्ने सम्भावना हुन्छ।

नेता ह्वेलले दुर्भाग्यवश बाटो बिराउँदा यी ह्वेलहरुको मृत्यु भएको वैज्ञानिकहरु अनुमान लगाउँछन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस