आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

फेसबुकले हटायो कोभिड–१९ बारे ट्रम्पको भ्रामक पोस्ट

एपी खबर २०७७ आश्विन २१, बुधबार ( ५ साल अघि) ३४३ पाठक संख्या

एजेन्सी : कोभिड–१९ बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेखेको भ्रामक स्टाट्स फेसबुकले हटाएको छ । कोभिड–१९ फ्लूभन्दा कम घातक रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले लेखेको स्टाटस फेसबुकले हटाएको हो ।

कोरोना संक्रमित भएपछि राष्ट्रपति ट्रम्पलाई तीन दिन अस्पताल भर्ना गरेर उपचार गरिएको थियो, त्यसपछि उनी मंगलबार ह्वाइट हाउस फर्केका थिए ।

‘अमेरिकाले फ्लू सिजनसँग बाँच्न सिकिसकेको छ त्यसैगरी हामी कोभिड–१९ का साथ पनि बाँच्न सिकिरहेका छौँ, अधिकांश क्षेत्रमा कोरोना भाइरस कम घातक छ’ ट्रम्पले फेसबुकमा लेखेका थिए ।
ट्रम्पले ट्वीटरमा पनि यो सन्देश पोष्ट गरेका थिए भने ट्वीटरले पनि यसलाई हाइड गरेको छ ।

उनको यो ट्वीटमा एक चेतावनी लेखिएको देख्न पाइन्छ जसमा भनिएको छ, ‘यो भ्रामक र हानिकारक जानकारी हुन सक्छ ।’

फेसबुकका नीति सञ्चार प्रबन्धक एन्डी स्टोनले भने, ‘हामी कोभिड–१९ बारेका दिइएका गलत जानकारी हटाइदिन्छौँ र ट्रम्पको पोस्ट पनि यसैगरी हटाइएको छ।’

फेसबुकले ट्रम्पको पोस्ट हटाएको यो दोस्रोपटक हो तर ट्विटरले भने धेरै पटक ट्रम्पको पोस्ट हटाउने र चेतावनी दिने कार्य गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस