नयाँदिल्ली : भारतमा पछिल्लो २४ घण्टामा कोरोनाले ९ सय ८६ जनाको मृत्यु भएको छ । योसंगै मृतकको संख्या १ लाख ४ हजार ५ सय ५५ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ ।
एकै दिनमा भारतमा थप ७२ हजार ४९ जनाको अवधिभर संक्रमण पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको संख्या ६७ लाख ५७ हजार १३१ पुगेको छ ।
त्यसै गरी सो अवधिभर ८२ हजार २०३ जना संक्रमण मुक्त भएका छन । भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ लाख भन्दा बढी रहेको छ भने ९ लाख ७ हजार ८८३ एक्टिभ केश रहेका छ ।
पछिल्लो २४ घण्टामा ११ लाख ९९ हजार ८५७ कोरोना परीक्षण भएकोमा छ । हालसम्म कुल ८ करोड २२ लाख ७१ हजार ६५४ जनाको कोरोना परीक्षण भएको जनाइएको छ ।











प्रतिक्रिया दिनुहोस