आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतका पूर्वसीबीआई निर्देशकले गरे आत्महत्या, यस्तो भेटियो सुसाइड नोट

एपी खबर २०७७ आश्विन २२, बिहिबार ( ५ साल अघि) ३६३ पाठक संख्या

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) का पूर्वनिर्देशक अश्वनीकुमारले आत्महत्या गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार नागल्यान्डका पूर्वराज्यपालसमेत रहेका उनले बुधबार आफ्नै निवासमा आत्महत्या गरेका हुन्।

नागल्यान्डकाे राजधानी शिमलास्थित निवासमा ७० वर्षीय आश्वनीकुमार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

प्रहरीले घटनास्थलबाट सुसाइड नोट बरामद गरेको छ। जसमा उनले जीवनमा थकित भएपछि अर्को यात्रा तय गरेको उल्लेख गरेका छन्।

बीबीसी हिन्दीका अनुसार सुसाइड नोटमा अश्वनीकुमारले लेखेका छन्, ‘मेरो रोग र अशक्तताका कारण यो जीवनको अन्त्य गर्दै छु र जीवनकाे नयाँ यात्रामा लाग्दै छु।’

हिमाचल प्रदेशका डीजीपी सञ्जय कुन्डुका अनुसार सुसाइड नोटमा अश्वनीकुमारले कसैलाई दोष दिएका छैनन्।

घटनाबारे गम्भीर अनुसन्धान सुरु गरिएकाे त्यहाँकाे प्रहरीले जनाएकाे छ।

सिरमौर जिल्लाको सदरमुकाम नाहनमा जन्मिएका अश्वनीकुमार सन् सन् २००८ देखि २०१० बीच उनी सीबीआईका निर्देशक भएका थिए। त्यसअघि उनी २००६ देखि २००८ सम्म हिमाञ्चलको पुलिस महानिर्देशक (डीजीपी) समेत बनेका थिए।

आत्महत्याका दिन अश्वनीकुमारले के के गरे?
परिवारका अनुसार त्यस दिन अश्वनीकुमार हिँडेर काली माताको मन्दिर गएका थिए र साँझ ध्यान गरेका थिए। जुन साँझ उनका छोरा र बुहारी पनि हिँड्नकै लागि बाहिर गएका थिए।

जब उनीहरू घर फर्किए तब ढोका भित्रबाट बन्द गरिएको थियो। ढोका फोरेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए। परिवारले पनि अश्वनीकुमारको मृत्युमा कसैको षडयन्त्र शंका गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस