आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानकाे निधन

एपी खबर २०७७ आश्विन २३, शुक्रबार ( ५ साल अघि) ३२९ पाठक संख्या

काठमाण्डाै – भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।केही समयअघि मात्रै मुटुको अप्रेसन गराउनुभएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँ भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री हुनुहुन्थ्यो ।

 

५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतका प्रमुख दलित नेता मानिनुहुन्थ्यो । पासवान ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य हुनुहुन्थ्यो  । मन्त्री पासवानका छोरा एवं लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्वीटरमार्फत आफ्ना बुबाको निधन भएको जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस