आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपतिको निर्वाचन हारे मैले अमेरिका छाड्नसक्छुः ट्रम्प

एपी खबर २०७७ कार्तिक १, शनिबार ( ५ साल अघि) ४२९ पाठक संख्या

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचन लड्दैछन्।

नोभेम्बर ३ मा रिपब्लिकन पार्टीका ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्।

 

आगामी महिना निर्वाचन हुन लागेका बेला यतिबेला दुई नेता चुनावी प्रचारप्रचार कार्यक्रममा व्यस्त छन्।

 

चुनावी अभियानकै क्रममा ट्रम्पले म्याकोन, जोर्जियामा आफूले चुनाव हारे अमेरिका नै छाड्नसक्ने बताएका छन्।

पूर्व उपराष्ट्रपतिसमेत रहिसकेका बाइडेनलाई ट्रम्पले इतिहासकै कमजोर उम्मेदवारको संज्ञा दिँदै भने,‘इतिहासकै कमजोर उम्मेदवारसँग प्रतिस्पर्धा गर्नाले ममा दबाब छ।’

 

उनले ठट्यौली तवरबाट भने,‘मैले चुनाव हारे भने सायद मैले देश नै छाड्नुर्छ, मलाई थाहा छैन।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस