आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा रुसी खोपको दोस्रो र तेस्रो चरणको परीक्षण हुने

एपी खबर २०७७ कार्तिक १, शनिबार ( ५ साल अघि) ४२३ पाठक संख्या

भारतमा रुसी खोपको दोस्रो र तेस्रो चरणको परीक्षण हुने भएको छ।

रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड आरडीआईएफ र डक्टर रेड्डीज ल्याबोरेटरी लिमिटेटबीच भएको नयाँ सम्झौताअनुसार ‘स्पुतनिक पाँचौ’ खोपको दोस्रो र तेस्रो चरणको परीक्षण पनि भारतमा गरिने भएको हो।

 

यसअघि भारतमा तेस्रो चरणको परीक्षण मात्र गरिने बताइएको थियो। भारतका विज्ञहरुले रुसमा उक्त खोपको पहिलो र दोस्रो चराण्को परीक्षण सानो समूहमामात्र सीमित भएको बताएका थिए।

 

यसबीचमा भारतमा अब दोस्रो र तेस्रो चरणको परीक्षण पनि हुने भएको हो। यो परीक्षण १५ सय स्वंय सेवकमा हुने बताइएको छ।

भारतमा डक्टर रेड्डीज ल्याबोरेटोरीले मानिसहरुमा खोप परीक्षण गर्नेछ। रुसको स्पुतनिक पाँचौं खोपलाई यसै ल्याबोरेटोरीले वितरणको अनुमति पाएको छ।

आरडीआइएफले रेड्डीज ल्याबोरेटोरीसँग दश करोड डोज कोरोना भ्याक्सिन पठाउने सम्झौता गरेको छ। टाइम्स अफ इन्डिया

प्रतिक्रिया दिनुहोस