आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अर्मिनियातर्फ मृत्यु हुने सैनिकको संख्या ७२९ पुग्यो, इरानले दियो यस्तो चेतावनी

एपी खबर २०७७ कार्तिक ४, मंगलबार ( ५ साल अघि) ३९७ पाठक संख्या

अजरबैजानविरुद्ध जारी लडाइँमा अर्मिनियातर्फका सैनिक मृत्यु हुने क्रम लगातार बढिरहेको छ।

 

सोमबार अर्मिनियातर्फ मृत्यु हुने सैनिकको सूचीमा १९ जना थपिएका हुन्। योसँगै अर्मिनियाको मृत्यु हुने सैनिकको संख्या ७ सय २९ पुगेको छ।

 

आर्मिनियाको रक्षा मन्त्रालयलयले यसअघि मृतक सैनिकको संख्या बढ्न सक्ने जनाएको थियो।

तर अजरबैजानले आफ्नातर्फ भएको क्षतिको जानकारी दिएको छैन।

 

त्यहाँका राष्ट्रपति इलहाम एलियेवले एक अन्तर्वार्तामा युद्ध सकिएपछि सबै जानकारी गराउने बताएका छन्।

 

यसैबीच इरानले मिसाइल वा तोपका गोला आफ्नो भूमितर्फ आयो भने त्यसको जवाफ दिइने चेतावनी दिएको छ।

 

इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खतिबजादेले भनेका छन्, ‘इरानको भूमिमा कुनै किसिमको हमला, चाहे त्यो भूलवश किन नहोस्, भयो भने इरानले त्यसको उपयुक्त जवाफ दिनेछ।’

 

समाचार एजेन्सी तासले इरानी विदेश मन्त्रालयको स्रोत उल्लेख गर्दै यस्तो खबर दिएको हो। बीबीसी

प्रतिक्रिया दिनुहोस