आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

चुनावअघिको अन्तिम बहसमा ट्रम्प र बाइडेन

एपी खबर २०७७ कार्तिक ७, शुक्रबार ( ५ साल अघि) ४०४ पाठक संख्या

एजेन्सी- अमेरिकी राष्ट्रपतीय चुनावअघिको अन्तिम टेलिभिजन बहसमा राष्ट्रपति ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडन सहभागी भएका छन्।

 

राष्ट्रपतीय निर्वाचन हुन १२ दिन बाँकी हुँदा टेनेसी राज्यको नास्भिलमा जारी यो बहसमा ट्रम्प र बाइडेनबीच कोभिड-१९ विरूद्धको लडाइ, अमेरिकी परिवार, जातीय बिषय, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्वका विषयमा छलफलमा छन्।

 

बहसकी प्रस्तोता एनबीसी न्यूजकी ह्वाइटहाउस संवाददाता क्रिस्टेन वेल्करले सुरुमै ट्रम्पलाई यसै महिनाको सुरुमा भएको पहिलो राष्ट्रपतीय बहसपछि १६ हजार अमेरिकीको कोभिड-१९ बाट ज्यान गुमाएकोबारे प्रश्न सोधेकी छन् ।

 

महामारीको अर्को चरणमा कसरी नेतृत्व गर्नुहुन्छ भनेर सोध्दा ट्रम्पले खोप आउन लागेको जानकारी दिए ।

 

‘हामीसँग खोप छ। त्यो आउँदैछ। त्यो तयार भइसकेको छ। त्यो केही सातामै घोषणा हुँदैछ,’ उनले भने ।

 

ट्रम्पका प्रतिस्पर्धी बाइडनलाई पनि सुरुमा कोरोनाभाइरस देखा परेको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनि पहिलो प्रश्न सोधिएको छ।

 

त्यसमा बाइडनले चीन अन्तर्राष्ट्रिय नियम अनुसार चल्न पर्ने बताए ।

 

कोरोना भाइरसको साटो ब्यापार र अर्थतन्त्रलाई जोडेर जवाफ दिएका बाइडनले भने, ‘म चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने चाहन्छु।’

 

ट्रम्पका एकजना रणनीतिकारले भने ट्रम्पले जो बाइडनलाई बोल्न दिएर उनलाई गल्ती गर्न दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस