आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

२४ घण्टामा विश्वभर ४ लाखभन्दा बढीमा संक्रमण, २ लाखभन्दा धेरै निको

एपी खबर २०७७ कार्तिक १०, सोमबार ( ५ साल अघि) ३९० पाठक संख्या

काठमाडौं – विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड २ लाख नाघेको छ ।

 

पछिल्लो २४ घण्टामा ४ लाख ४ हजार ७३९ जनामा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ३३ लाख २३ हजार ४५३ पुगेको छ । त्यसमध्ये ७७ हजार ७४८ जनाको अवस्था गम्भीर छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ७९७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १९ लाख नाघेको छ ।

 

यस्तै एकै दिन थप ४ हजार ४९८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५९ हजार ९ पुगेको छ ।

 

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८८ लाख ८९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

 

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७९ लाख ९ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ९४ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

 

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५० हजार ४३३ जनाको मृत्यु भएको छ । ८३ लाख ९५ हजार ५३६ जना संक्रमित भएकोमा ३४ लाख ५६ हजार १२८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस