आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

यस्तो छ नरेन्द्र मोदीको जीवनीमा आधारित वेब सिरिज ‘मोदी’ को ट्रेलर

एपी खबर २०७७ कार्तिक १३, बिहिबार ( ५ साल अघि) ३५८ पाठक संख्या
मुम्बई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित वेब सिरिज ‘मोदी सिजन २’ को ट्रेलर रिलिज गरिएको छ ।

यो सिरिजमा मोदीको भूमिकामा महेश ठाकुर देखिएका छन् । सन् २०१९ मा यसको पहिलो सिजन रिजिल भएको थियो । पहिलो सिजनमा मोदीको बाल्यकालदेखि गुजरातको मुख्यमन्त्री बन्नेसम्मको यात्रा देखाइएको थियो ।

दोस्रो सिजनमा मोदी मुख्यमन्त्रीबाट प्रधानमन्त्री बनेको यात्रा देखाइनेछ ।

यो सिरिजलाई हिन्दी, तेलुगु, तमिल, कन्नड र गुजराती भाषामा रिलिज गरिने जनाइएको छ ।

यसअघि मोदीको जीवनीमा आधारित फिल्म निर्माण गरिएको थियो । उक्त फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । बक्स अफिसमा फिल्मले कमाइ गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस