आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु

एपी खबर २०७७ कार्तिक १३, बिहिबार ( ५ साल अघि) ३४७ पाठक संख्या

क्वाङनाम : मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको राज्य सञ्चालित समाचार संस्थाले समाचारमा जनाएको छ ।

 

 

नाम ट्रा जिल्लाको ट्रा भ्यान र ट्रा लेङ गाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो । पहिरोमा परी दर्जनौँ व्यक्ति हराएको प्रारम्भिक रिपोर्टमा जनाइएको भए पनि तर केही व्यक्ति भागेर सुरक्षितस्थलमा बसेको भेटिएको उद्धारकर्मीले जनाएका छन् ।

 

 

वेपत्ता रहेका भनिएका केही मानिसको खोजी कार्य जारी रहेको छ । प्रधानमन्त्री नुयेन सुवान फुकले उद्धारकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । विशाल आँधी मोलावीका कारण मध्य क्षेत्रमा मुसलधारे वर्षा र हुरीपछि आएको बाढीपछि उक्त क्षेत्रमा पहिरो गएको हो ।

प्रतिक्रिया दिनुहोस