आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

इङ्ग्ल्यान्डमा आउँदो बिहिबारदेखि दोस्रो चरणको लकडाउन हुने

एपी खबर २०७७ कार्तिक १६, आईतबार ( ५ साल अघि) ३८१ पाठक संख्या

काठमाण्डाै – इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन हुने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसोनले इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन घोषणा गर्नुभएको हो ।

 

उहाँका अनुसार आउँदो बिहिबारदेखि कार्यान्वयनमा आउँने दोस्रो चरणको लकडाउनमा पब्स, रेष्टुरेन्ट, जीमलगायत अति-आवश्यक नपर्ने व्यवसाय ४ हप्ताको लागि बन्द हुनेछ ।

 

तर स्कुल, कलेज र विश्वविद्यालय भने खुल्न पाउनेछन् । डिसेम्बर दुई तारिखदेखि लकडाउन केही खुकुलो बनाइने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस