आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

चीनमा एक व्यक्तिको आँखा अपरेसन गर्दा भेटिए ६० वटा जिउँदै कीरा

एपी खबर २०७७ कार्तिक १६, आईतबार ( ५ साल अघि) ४३७ पाठक संख्या

चीनमा एउटा अचम्मको घटना भएको छ। एक जना ६० वर्षीय वृद्धको आँखामा जीवित कीराको झुन्ड नै रहेको पाइएको हो।

 

खेलकुदमा सक्रिय भ्यान नामका व्यक्तिको आँखा उपचार गर्दा डाक्टरले ६० वटा कीरा जिउँदै फेला परेका हुन्।

चिनियाँ सञ्चारमाध्यमका अनुसार यी जिउँदा कीरा उनको आँखामा झन्डै एक वर्षदेखि थिए। उनले आँखामा निकै असहज महसुस गरिरहेका थिए। थकाइका कारण यस्तो भएको होला भन्ने उनलाई लागिरहेको थियो।

 

जब उनी पूर्वी चीनस्थित सुजौ राज्य अस्पतालमा, तब डाक्टरले जाँच गर्दा उनको दाहिने आँखाको परेलामुनि ससाना कीराको झुन्ड देखे। त्यसपछि शल्यक्रिया गरेर हेर्दा ६० वटा कीरा जीवितै फेला परेका हुन्।

उपचार गर्ने डाक्टरका अनुसार ती कीरा तेलिजिआ क्यालिपिडा प्रजातिका हुन्। उनको आँखमाा ती कीरा झिंगाका माध्यमबाट पुगेको चिकित्कसले अनुमान गरेका छन्।

 

अहिले बिरामी सञ्चो हुँदै छन्। ती कीरा आँखामा संक्रमण गराउने खालका हुन्। सामान्यतया त्यस्ता कीरा कुकुर र बिरालामा पाइन्छन्।

प्रतिक्रिया दिनुहोस