आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिन न्यायीक हिरासतमा राख्न आदेश

एपी खबर २०७७ कार्तिक २०, बिहिबार ( ५ साल अघि) ३८७ पाठक संख्या

काठमाडौं : मुम्बई अदालतले भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिन न्यायीक हिरासतमा राख्न आदेश दिएको छ ।

 

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका पत्रकार गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा राख्न अदालतले आदेश दिएको हो । उनीसहित अन्य दुई जनालाई पनि हिरासतमा राख्न आदेश दिएको छ ।

 

गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् । सो निवेदनमाथि बिहीबार सुनुवाइ हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

 

सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ ।

 

रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

 

इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृत फेला परेका थिए । त्यहाँ फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५.० करोड भुक्तानी नगरेकाले आफूहरुले आत्महत्या गरेको उल्लेख छ ।

 

सन् २०१९ मा रायगढ प्रहरीले यो मुद्दाको फाइल बन्द गरेको थियो । तर, नाइककी छोरीको उजुरीपछि महराष्ट्रका गृहमन्त्री अनिल देशमुखले फेरि यसको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस